नवनियुक्त कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे पदभार ग्रहण

नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हाल्नुभएकाे छ ।

तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नुभइकाे हाे ।

यसअघि नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएकाे थियाे ।

सपथग्रहण लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएकाे हाे ।

Facebook Comments