सेक्युरिटी प्रेस प्रकरणः सञ्चारमन्त्रीद्वारा राजीनामा

नेपाल कम्युनिष्ट पार्टीका नेता गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजीनामा दिएको बताउनुभएकाे छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको अडियाे सार्वजनिक भएपछि बाँस्काेटा समक्ष राजीनामाकाे दबाव बढेकाे थियाे ।

बाँस्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएकाे हाे ।

राजीनामापछि सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले लेख्न्नुभएकाे छ, –  मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष  नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवाद।

यसअघि नै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बाँस्कोटाले राजीनामा दिएको सदनलाई जानकारी दिनुभएकाे थियाे ।

यसअघि बाँस्काेटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा ७० कराेड कमिसनकाे डिल गरेकाे भन्दै अडियाे वार्तालाप विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएकाे थियाे ।

बाँस्काेटा प्रधानमन्त्री केपी शर्मा अाेलीका विश्वास पात्रका रूपमा रहनुभएकाे थियाे ।

Facebook Comments