अर्थ तथा विकास समितिद्वारा नवलपुरबाट बैज्ञानिक बनको अध्ययन तथा अनुगमन शुरु
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले नवलपुर जिल्लाबाट बैज्ञानिक बनको अध्ययन तथा अनुगमन शुरु गरेको छ ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराको नेतृत्वमा गएको टोलीले नवलपुरको दुम्कीबास अरुण खोला सरकार द्वारा ब्यबस्थित चकला बन,विजय सामुदायिक बन, मध्यविन्दु साझेदारी बन र हरियाली सामुदायिक बनको अध्ययन तथा अनुगमन गरेको हो ।

नवलपुरमा ८४ सामुदायिक बन र साझेदारी र चकला बन गरी ५० वटा बनमा वैज्ञानिक बन ब्यबस्थापन कार्यविधि २०७१ अनुरुप बन ब्यबस्थापन प्रणाली लागु भएको छ ।
समितिले ३ बर्ष अगाडी देखि शुरु भएको बैज्ञानिक बनको ब्यबस्थापन देखि अहिले ब्यबस्थापन गरेको बनको अबलोकन गरेको हो ।
अनुगमनमा सभापति कोइराला सहित गण्डकी प्रदेशका प्रतिपक्षदलका नेता सांसद कृष्णचन्द्र नेपाली, समितिका सदस्य जनकलाल श्रेष्ठ,डोबाटे विश्वकर्मा लगायत समितिको सचिवालका कर्मचारीहरुको सहभागिता रहेको टोलीलाई नवलपुरका डिभिजन बन अधिकृत पूर्णेश्वर सुवेदीले बैज्ञानिक बनको बारेमा जानकारी दिनु भएको थियो ।
सुवेदीले टोलीलाई स्थलगत अवलोकन गराउदै बैज्ञानिक बनको फाइदाको बारेमा अबगत गराउनु भयो । यस्तै टोलीले सामुदायिक बनका अध्यक्षहरु संगपनि भेटघाट गरेको छ ।

टोलीले सामुदायिक बन उपभोक्ता समिति नवलपुरका होमनाथ पाण्डेय,शुशिल पौडेल,सिता खड्का, सिता भुषाल बाबुराम अधिकारी लगातले संग अन्तरक्रिया समेत गरेको छ ।
समितिका सभापति दीपक कोइरालाले नवलपुरपछि तनहुँ र कास्कीमा लागुभएको वैज्ञानिक बनको पनि अनुगमन र अध्ययन गरेपछि आफुहरुले प्रदेश सभामा प्रतिवेदन प्रस्तुत गर्ने बताउनु भयो । समितिले गण्डकी प्रदेश सरकारको एक निर्बाचन क्षेत्र एक नमुना सडक अन्तरगत नवलपुर निर्बाचन क्षेत्रनं २ (२)मा निर्माणधिन मध्यविन्दु नगरपालिका क्याम्पस चोक देखि बतास जलुके हुदै प्रदेश नं ५ निस्दी सडकको पनि अनुगमन गरेको छ ।
यस्तै सोही निर्बाचन क्षेत्रमा निर्माणधिन प्रशौनी भ्यूरान सिंचाई आयोजनाको निरिक्षण गर्दे समितिले गुणस्तरीय काम गर्न र निर्माण सम्पन्न गर्न गरेको सम्झौता अबधीमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएको छ । यसैविच समितिले चिलाहा रतवल सामुदायिक ग्रामीण होमस्टेको पनि अनुगमन गरेको छ ।

