बेलायती स्वास्थ्यमन्त्रीलाई काेराेना भाइरसकाे संक्रमण

चीनमा क्रमशः नियन्त्रणतिर रहेकाे काेराेना भाइरसकाे संक्रमण युराेपेली मुलुकतिर बढीरहेकाे छ ।

बेलायतमा पनि कोरोना भाइरसकाे संक्रमण बढीरहेकाे छ । बेलायतमा त्यहाँकी स्वास्थ्यमन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसलाई कोरोना संक्रमण भएको छ । डाेरिसले आफ्नो स्वास्थ्य परिक्षणमा कोरोना पुष्टी भए पछि स्व क्वारेन्टाईनको रुपमा घरैमा उपचारको व्यवस्था गरेको उल्लेख गर्नुभएकाे छ ।

बेलायतमा हालसम्म कोरोनाले ६ जनाको मृत्यु भएको छ भने ३ सय ७३ जना संक्रमित भएकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।

पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए ।

साथै एनएचएस इङ्गल्याण्डले संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थामा संक्रमित भए नभएको परीक्षण गर्ने प्रणालीको क्षमता वृद्धि गर्ने तयारीमा भएको जानकारी दियो ।

अहिले दिनमा १५ सयको परीक्षण हुँदै आएकोमा नयाँ प्रणालीपछि दैनिक १० हजारको परीक्षण गर्न सकिने बताइएको छ ।

प्रधानमन्त्री बोरिस जोनसोनले संक्रमणको परीक्षण गरे नगरेको बारे कसैले पनि जानकारी दिन चाहेनन् ।

स्वास्थ्य सचिवलगायत सबै स्वास्थ्यमन्त्रीले भाइरसको परीक्षण गर्नुपर्नेछ । डोरिससँग सम्पर्कमा रहेका अन्य अधिकारीले पनि परीक्षण गर्नुपर्ने जानकारीमा उल्लेख छ ।

Facebook Comments