मोटरबाटोले मादीकाे ढोडेनी पाखुरीकोट जोडियो
मादी गाउँपालिका वडानं १०को ढोंडेनी देखि वडानं ८को पाखुरीकोट मोटरबाटोले जोडिएको छ ।
५० लाख लागतमा उक्तमोटर बाटो जोड्न सफल भएको ढोडेनी लुङदी ग्रामीण सडकका सल्लाहकार एवं स्थानीय समाजसेवी उमेश गुरुङले जानकारी दिनु भयो ।
उक्तमोटरबाटो निर्माण पछि स्थानीयमा खुशी छाएको गुरुङले बताउनु भयो । उक्त मोटरबाटो निर्माणको लागि मादी गाउँपालिका वडानं १० ले ३० लाख वडानं ८ले १० लाख र संघिय पुर्वाधार कार्यक्रम बाट सांसद खगराज अधिकारीले १० लाख गरि ५० लाखको लागतमा कच्ची ९ किलोमिटर बाटो निर्माण भएको हो ।
तीन बर्ष अगाडी बाट शुरु भएको बाटो निर्माण अहिले आएर सम्पन्न भएको हो । बाटो निर्माण पछि सो क्षेत्रका स्थानीय संगै वडानं ८,९ र छिमेकी जिल्ला लमजुङका सिङदी,पसगाउँ बालुवा लगायतका क्षेत्रका स्थानीयलाई समेत सहज हुने समाजसेवी गुरुङले शुभन्यूजडटकमलाई बताउनुभयो ।
Facebook Comments

