नेपालमा तेस्राे व्यक्तिमा काेराेना संक्रमण भएकाे पुष्टी
नेपालमा कोभिड १९ (कोरोना भाइरस) को अर्का एक जना संक्रमित भेटिएकाे बताइएकाे छ ।
नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ ।
संक्रमितको अन्य जानकारी दिइएकाे छैन । एकजनाकाे रिपाेर्ट पाेजेटिभ रहेकाे जानकारी मात्र दिइएकाे छ । ती व्यक्ति खाडी मुलुकबाट नेपाल आएकाे बुझिएकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकाे छ।
केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। ती विद्यार्थी निकाे भइसकेकाे बताइएकाे छ ।
यसअघि फ्रान्सबाट कतार हुँदै नपाल आएकी १९ वर्षकी युवतीमा काेराेनाकाे संक्रमण देखिएकाे थियाे ।
ति युवतीकाे काठमाण्डाैकाे टेकूमा रहेकाे शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालमा उपचार भइरहेकाे छ ।

