कोरोना भाइरसको संक्रमण बढ्दो, इटालीमा गम्भीर समस्या(पछिल्लो अपडेट)

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोपमा तीव्र रुपमा फैलिएको छ ।

पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट १८ हजार ९ सय १० जनाको मृत्यु भएको छ भने ४ लाख २३ हजार ६ सय २१ जना संक्रमित भएका छन् ।

युरोपमा मात्रै मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । हालसम्म १ लाख ९ हजार १ सय ५४ जना कोरोना भाइरसको संक्रमणबाट उपचारपछि निको भएका छन् । अहिलेपनि २ लाख ९५ हजार ५ सय ५७ जनामा कोरोनाको संक्रमण रहेको छ ।

कोरोनका कारण चीनका ८१ हजार ७ सय ६७ जना संक्रमित हुनुका साथै ३ हजार २ सय ८३ जनाको मृत्यु भएको छ ।
इटालीमा ६९ हजार १ सय ७६ मा संक्रमण देखिएको छ भने हालसम्म ६ हजार८ सय २० जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या ५४ हजार ८ सय ६७ जनामा संक्रमण देखिएको छ भने ७ सय ८२ जनको मृत्यु भएको छ ।

स्पेनमा ४२ हजार ५८ जनामा संक्रमण देखिएको छ भने २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ । जर्मनीमा ३२ हजार ९ सय ९१ मा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ सय ५९ को मृत्यु भएको छ । इरानमा २४ हजार ८ सय ११ मा संक्रमण देखिएको छ भने १ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरस संक्रमितको संख्यासँगै मृतकको संख्या बढिरहेको छ ।

इटालीमा कोरोना संक्रमणका कारण स्वास्थ्य प्रणाली नै अस्तव्यस्त बनेको छ भने अर्थतन्त्रमा समेत गम्भीर धक्का लागेको छ । क्यूवा, चीन लगायतका मुलुकले इटालीमा चिकित्सक र स्वास्थ्य सामाग्री सहयोग पठाएका छन् ।

यो भाइरस सुरुमा चीनको वुहानमा देखिएकोमा पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

Facebook Comments