कोरोना भाइरसबाट बच्ने उपाय
उत्तम पन्डित, चितवन
हामीले लक डाउन गरेका छौ ,कोरोना देखिएको केहि नागरिकको उपचार पनि गरेकैछौ भनेर ढुक्क हुन भएन । भुसको आगो झै भित्रभित्रै कोरोना संक्रिमित बढीरहेको पनि हुन सक्छ ।
हिजो देशमा भित्रने यात्रीको कडा चेक जाँच नगर्दा आज नेपालले पनि कोरोनाको कहर सहन वाध्य भयो ।
भोली आवश्यक दवाइ र उपकरण ल्याउन ढिलो हुँदा अहिलेको इटाली जस्तै हुन केही दिन नलाग्ला भन्न सकिन्न ।
जसरी एक घरमा आपत पर्दा छरछिमेकीको सहयोग लिनु पर्छ त्यस्तै एउटा देशमा संकट पर्दा अर्को देशबाट मद्द्त माग्नु पर्छ चाहे त्यो चाइना होस् वा द.कोरिया ।
कोरोना बिरुद्धको जीतमा सफल भएका देशको मोडलमा नेपालमा नि उपचार सुरु गरिहाल्नुपर्छ ।
अहिलेको यो महामारीले केदिन वा के महिनामै संसारबाट बिश्राम लिन्छ जस्तो छैन । यो महमारीको चपेटाबाट मुक्त्ती पाउन संसारले लडाईं लडीरहेको छ ।
अब केहि गरि कोरोना बिरुद्ध भाक्सिन बनि हाल्यो भने पनि त्यो हाम्रो देशमा आइपुग्न कती समय लाग्ला ? फेरी केहि गरी अाई हाल्यो भने पनि आम नागरिक सम्म पुग्न लाग्ने समयको हामी आम्सिक कल्पना हामी सहजै गर्न सक्छौ ।
अहिले हरेक कुरामा हाम्रो जीवन रक्षाको सवाल जोडीएको छ भनेर अघिल्लो कदम नचाले पछील्लो कदम रोकिन पनि सक्छ । मेरो बिचारमा यो संक्रणको बिपत्तीमा हामीलाई टुहुरो हुनबाट बाचाउन सरकारले यो लडाईं जित्त्नुको बिकल्प छैन ।
- लक डाउन असफल नहोस् ।
लक डाउनको बेला दैनिक जीवनसँग सरोकार राख्ने बस्तुहरुको पौच कसरी पुर्याउने भन्ने बारे सुस्म रुपमा सोचनै पर्छ । खास-कुरामा पनि पूर्व तयारी बिना गरिएको लकडाउन धैरे समय जारी राख्दा सफल नहुन पनि सक्छ । कृतिम अभाव ,कालो बजारी आदिले आम नागरिक सम्म बाँच्नकैलागी चाहिने सामाग्री नपाएको खन्डमा लकडाउनको सिमा भत्किन नसक्ला भन्न सकिन्न ।”हाम्रैलागी गरिएको लकडाउन हो हामीले पालना गर्नै पर्छ “।हामीले यसो भनिरहदा बिहान् खाएर बेलुकाकोलागी छाक टार्ने मजदुरले के गर्ने !?
दमको रोगि पालेर बसेको सन्तानले अग्सिजनको सिलिण्डर कसरी लियर आउने ? भर्खर जन्मेका लालाबाला हुर्काउदै गरेको बाबुले तिनिहरुको छाक कसरी टार्ने ? यो बिषयमा मसिनो गरी सोच-बिचर गरेर उपयुत्त उपाय निकाल्नु पर्छ सरकार अनि हामी आमनागरिकले पनि दिनभर लकाडाउन पलना गरियो अब बेलुका त बाहिर निस्किदा के होला र ? भनेर अबुझ बनेर एउटा माक्सको भरमा बाहिर जाँदा कतै कोरोना भाईरस घर भित्रै हुलेको त छैनौ ?!
- अन्यदेशबाट हामीले के सिक्ने :
-जसरी दक्षिण कोरियाले आफ्नो नागरिकलाई बचाउन नयाँ तरिका अबल्म्बन गर्यो । हामीले त्यो जान्न जरुरी छ मात्र कोरोनाको रोकधामको लागी मात्र होइन कि भोलिका दिनमा आउने अन्य
- महमारीलाई नै लक्छित गरी किन नहोस ।
-सुचना तथा संचारको क्षेत्रमा सन्तोषजन बिकास गर्दै गरेको हामीले यसको उपयुत्त जापानी मोडल पनि नितिगत रुपमै लागु गर्न सक्छौ ।
जसरी जापानमा कुनै बिपत्ती आउनु पूर्वनै हरमिनेटमा यसो गर्नुहोला,त्यहा जानु होला ,अब यस्तो हुन सक्छ त्यसो भएमा यसो गर्नुहोला भनेर फोन बाटै सिकाउने काम गरिन्छ ।
-केवल एन्टी भाइरस र एम्युन सिस्टम बलियो बनाउने खोपहरु र अन्य भाइरल रोगका अचुक औषधीहरु बनाएर कैयनको जीवन बाचाउने क्युबासँग पनि हामीले सिक्न सक्ने अथाह तरिकाहरु छन ।
जसरी उसले संसारका अन्य देसहरुले बनाएको सैनिक पल्टन जस्तो ५०/५२ जनाको डाक्टरहरुको समुह बनाएर महमारीसँग लडीरहेको छ ।
कोरोना बिरुद्धको यो लडाईंमा हामीले कुनै पनि हालतमा जित्त्नुनै छ । त्यसकोलागी आम नागरिक र सरकारको हातेमालोको बिकल्प छैन ।
हामीले सरकारको योजनामा रचनात्मक साथ र सहयोग गर्नु पर्छ । सरकारले पनि आफ्न सबै अंगहरु परिचालन गरी बेलैमा उचित र ठोस् कदम चाल्नु पर्छ ।
हामी आम नागरिकले आदेस पालना गरिरहदा सरकारले पनि अल्पकालिन समयकैलागी भए पनि Interferon Alpha 2B जस्ता औषधि खुवाइ नागरिकको रोगप्रतिरक्षा बढाउने हो कि भाफिराफिर जस्ता औषधि ल्याएर संक्रमितलाई खुवाउने हो त्यो काम सुरु गरिहाल्नु पर्यो ।

