कोरोना भाइरसको संक्रमितको संख्या ५ लाख नाघ्यो(पछिल्लो अपडेट)
कोरोना भाइरस(कोभिड–१९) को संक्रमितको संख्या ५ लाख नाघेको छ ।
वल्र्डओमिटरको तथ्याड्ढ अनुसार कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ३१ हजार ले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोपमा तीव्र रुपमा फैलिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ७१ पुगेको छ ।
पछिल्लो समय युरोप र अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा १७ हजार १ सय ६६ जनामा एकैदिन संक्रमण देखिएको छ भने हालसमम ८५ हजार ३ सय ७७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या अमेरिकामा १ हजार २ सय ९५ पुगेको छ । विहीबार मात्रै २ सय ९५ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ ।
चीनमा हालसम्म ८१ हजार ३ सय ४० जनामा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या हालसम्म ३ हजार २ सय ९३ जनाको मृत्यु भएको छ ।
पछिल्लो तथ्याकं अनुसार युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब १५ हजार नाघेको छ ।
युरोपेली मुलुक इटालीमा सबैभन्दा धेरै ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ भने ८० हजार ५ सय ८९ जना संक्रमित भएका छन ।
त्यस्तै स्पेनमा ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ भने ५७ हजार ५८६ जनाको संक्रमित भेटिएका छन् ।
विश्व स्वास्थ्य संगठनले पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर अमेरिका हुन सक्ने चेतावनी दिएको छ ।
कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरस संक्रमितको संख्यासँगै मृतकको संख्या बढिरहेको छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

