कोरोना भाइरसको संक्रमण बढ्दो, अमेरिकामा १ लाख बढी संक्रमित(पछिल्लो अपडेट)

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको छ ।

वल्र्डोमिटरको पछिल्लो तथ्याकं अनुसार अमेरिकामा संक्रमितको संख्या लाख नाघेको छ । मृत्यु हुनेको संख्या १ हजार ६ सय ९३ पुगेको छ ।

त्यस्तै इटालीमा यो भाइरसबाट ८६ हजार ४ सय ९८ जना संक्रमित भएका छन् भने ९ जहार १ सय ३४ जनाके मृत्यु भएको छ ।

स्पेनमा यो रोगबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय ३८ पुगेको छ भने संक्रमितको संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।

जर्मनीमा समेत संक्रमितको संख्या ५० हजार नाघेको छ । जर्मनीमा ५० हजार ८ सय ७१ जना संक्रमित भएका छन् भने ३ सय ५१ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ३२ हजार ९ सय ६४ जना संक्रमित भएका छन् भने १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस सुरुमा देखिएको चीनमा भने हालसम्म ८१ हजार ३ सय ९४ जना संक्रमित भएका छन् । जसमध्ये ७४ हजार ९ सय ७१ जना निको भइसकेका छन् । चीनमा नयाँ संक्रमितको संख्या र मृत्यु हुनेको संख्या पनि न्यून रहेको छ ।

यो भाइरसको संक्रमणका कारण हालसम्म विश्वभर २७ हजार ३ सय ४१ जानको मृत्यु भएको छ । त्यस्तै ५ लाख ९६ हजा २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हालसम्म १ लाख ३३ हजार ५७ जना कोरोना भाइरसको संक्रमणबाट उपचारपछि निको भएका छन् । अहिलेपनि ४ लाख ३५ हजार ६ सय २३ जनामा कोरोनाको संक्रमण रहेको छ । जसमध्ये २३ हजार ५ सय १९ जना गम्भीर विरामी रहेका छन् ।
कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको अमेरिका र युरोपेली मुलुकहरुमा संक्रमण तीव्र बनिरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

यसैवीच बेलायतका प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

Facebook Comments