लकडाउन ८ दिन थप गर्ने, अप्रिल १५ सम्म हवाइ उडानमा राेक

सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयाे ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकालेकाे छ ।

जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो । 

सरकारले अन्तर्राष्ट्रिय उडान अप्रिल १५ सम्म राेक्ने निर्णय गरेकाे छ । यद्यपि सरकारले खाली जहाजले विदेशी पर्यटक लिएर जान भने सम्बन्धित मुलुकले समन्वय गरेमा अनुमति दिने गरेकाे छ ।

Facebook Comments