कोरोना भाइरसले विश्व नै आक्रान्त

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको छ ।

पछिल्लो तथ्याकं अनुसार सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या १ लाख ४३ हजार २५ पुगेको छ । मृत्यु हुनेको संख्या १ हजार ६ सय ९३ पुगेको छ ।

त्यस्तै इटालीमा यो भाइरसबाट ९७ हजार ६ सय ८९ जना संक्रमित भएका छन् भने १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ ।

स्पेनमा यो रोगबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ३ पुगेको छ भने संक्रमितको संख्या ८९ हजार १ सय १० पुगेको छ ।

जर्मनीमा समेत संक्रमितको संख्या ६२ हजार ४ सय ३५ पुगेको छ भने ५ सय ४१ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ४० हजार ७ सय २३ जना संक्रमित भएका छन् भने २ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । बेलायत, नेदरल्याण्ड, बेल्जियम र स्वीजरल्याण्ड लगायतका मुलुकमा समेत संक्रमितको संख्या १० हजार नाघेको छ ।

त्यस्तै कोरोना भाइरस सुरुमा देखिएको चीनमा भने हालसम्म ८१ हजार ३ सय ९४ जना संक्रमित भएका छन् । जसमध्ये ७४ हजार ९ सय ७१ जना निको भइसकेका छन् । चीनमा नयाँ संक्रमितको संख्या र मृत्यु हुनेको संख्या पनि न्यून रहेको छ ।

यो भाइरसको संक्रमणका कारण हालसम्म विश्वभर ३४ हजार ८ जनाको मृत्यु भएको छ भने ७ लाख २३ हजार ३ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

Facebook Comments