कोरोना भाइरसबाट संक्रमितको संख्या ११ लाख नजिक

कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १० लाख ९८ हजार ६ जना संक्रमित भएका छन् ।

यो भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा २ लाख ७७ हजार १ सय ६१ जना संक्रमित भएका छन् ।

त्यस्तै इटालीमा १ लाख १९ हजार ८ सय २७, स्पेनमा १ लाख १९ हजार १ सय ९९, जर्मनीमा ९१ हजार १ सय ५९, चीनमा ८२ हजार ३ सय ८, फ्रान्समा ६४ हजार ३ सय ३८ जनामा संक्रमण भएको छ ।

त्यस्तै इरानमा ५३ हजार १ सय ८३, बेलायतमा ३८ हजार १ सय ६८, स्वीजरल्याण्डमा १९ हजार ६ सय ६, टर्कीमा २० हजार ९ सय २१, बेल्जियममा १६ हजार ७ सय ७०, नेदरल्याण्डस्मा १५ हजार ७ सय २३, क्यानडामा १२ हजार ३ सय ७५, अष्ट्रियामा ११ हजार ५ सय २४ जना संक्रमित भएका छन् ।

त्यस्तै दक्षिण कोरिया १० हजार ६२, पोर्चुगलमा ९ हजार ८ सय ८६, ब्राजिलमा ९ हजार १ सय ९४, इजरायलमा ७ हजार ४ सय २८, अष्ट्रेलियामा ५ हजार ४ सय ५४, स्वीडेनमा ६ हजार १ सय ३१ र नर्वेमा ५ हजार ३ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

डेनमार्क, इक्वेडर, चिली, रसिया, आयरल्याण्ड लगायतका मुलुकमा संक्रमितको संख्या ३ हजार भन्दा माथि पुगेको छ ।

दक्षिण एशियाली मुलुकहरु पाकिस्तानमा संक्रमितको संख्या क्रमश २ हजार ६ सय ८६ र भारतमा २ हजार ५ सय ६७ पुगेको छ । दर्जन बढी मुलुकमा संक्रमितको संख्या १ हजार नाघेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन अधिकांश मुलुकहरुमा लकडाउन (घरबाट बाहिर ननिस्कन) पालना गर्न भनिएको छ । यस रोग फैलन नदिन होम क्वारेन्टाइ, सेल्फ क्वारेन्टाइन नै उपयुक्त विधि रहेको बताइएको छ । साथै विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाएर संक्रमितहरुको पहिचान गर्न अपिल गर्दै आएको छ ।

कोरोना भाइरसको कारण हालसम्म विश्वभर ५९ हजार १ सय ४१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै इटालीमा १४ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ११ हजार १ सय ९८, फ्रान्समा ६ हजार ५ सय ७, अमेरिकामा ७ हजार ३ सय ९२, चीनमा ३ हजार ३ सय २२, इरानमा ३ हजार २ सय ९४, बेलायतमा ३ हजार ६ सय ५ जनाको मृत्यु भएको हो ।
त्यस्तै गरी जर्मनीमा १ हजार २ सय ७५, बेल्जियममा १ हजार १ सय ४३ नेदरल्याण्डस्मा १ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ । स्वीजरल्याण्डमा ५ सय ९१ जनाको मृत्यु हुँदा स्वीडेन, ब्राजिलमा ३ सय ६३, पोर्चुगल २ सय ४६, क्यानडा २ सय ८, अष्ट्रिया १ सय ६८, डेनमार्क मा १ सय ३९ र टर्कीमा ४ सय २५ जनाको मृत्यु भएको छ । यसबाहेक दर्जनौ मुलुकमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या सयौं रहेको छ ।

कोरोना भाइरसको संक्रमणले अमेरिका र युरोपेली मुलुकलाई यतिबेला आक्रान्त पारेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको हो ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

विज्ञहरुले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको विकास गरिरहेका छन् भने हाल चालू रहेका औषधिको समेत प्रयोग गरिरहेका छन् ।

नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जनालाई पूर्ण रुपमा निको भइसकेको छ भने अन्य ५ जना उपचारको क्रममा रहेका छन् ।
नेपालमा भेटिएका संक्रमितहरु सबै विदेशबाट नेपाल आएकाहरु रहेका छन् ।

Facebook Comments