लकडाउन थप कडा बनाइने, एक स्थानीय तहबाट अर्काेमा जान नपाइने
काेराेना भाइरस संक्रमण दाेस्राे चरणमा प्रवेश गरेसँगै सरकारले लकडाउन लाई थप कडा बनाउनुपर्ने निष्कर्षमा पुगेकाे छ ।
शनिबार थप तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिनु र स्थानीय व्यक्तिमा समेत सरेपछि सरकार थप चनाखाे बन्न लागेकाे हाे ।
सरकारले लकडाउनमा थप कडा बनाउने निर्णय अनुसार शनिबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई एक स्थानीय तहबाट अर्को स्थानीय तह जान नपाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे ।
सरकारकाे निर्णय अनुसार अब एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक प्रदेशबाट अर्को प्रदेश र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवगमन राेकिनेछ ।
यस्तै सरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीकाई सुरक्षा कवज यथाशीघ्र उपलब्ध गराउने पनि निर्णय गरेको छ।
साथै स्वास्थ्यकर्मीको काम र सुरक्षामा खलल पुर्याउने कसैलाई पनि कानुन बमोजिम कारवाही गर्ने भनिएको छ।

