काठमाण्डाैंमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि
काठमाण्डाैकाे पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा काेराेना भाइरसकाे संक्रमण भएकाे पाइएकाे छ ।
याेसँगै नेपालमा १६ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।
बेलायतबाट फर्किएका एकै परिवारका ३ जनामा काेराेना भाइरस संक्रमणकाे शंका लागेर साेमबार मात्र अस्पताल भर्ना गरिएकाे थियाे ।
अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको र एक जनाको भने रिपोर्ट आउन बाँकी रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए ।
र्यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई शिल गरेर त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान तथा बाहिर रहेकालाइ भित्र जान दिइएको छैन ।
संक्रमण देखिएकाहरूकाे कन्ट्याक्ट ट्रेसिङकाे काम भइरहेकाे पनि जनाइएकाे छ ।

