बैशाख १५ सम्म लकडाउन गर्ने सरकारकाे निर्णय
काेराेना भाइरसकाे संक्रमण फैलन नदिन भन्दै सरकारले वैशाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको छ।
मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हाे ।
यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि २ पटक सम्म थप गरी वैशाख ३ गतेसम्म पुर्याइएको थियो।
Facebook Comments

