अमेरिका, इटाली लगायत ५ मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढी

५ मुलुकमा कूल संक्रमित मध्ये ७६ प्रतिशत

पछिल्लो समय विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस संक्रमितको संख्या ५ वटा मुलुकमा मात्रै ६१ प्रतिशत देखिएको छ ।

विश्वभर कुल संक्रमित १९ लाख ९८ हजार १ सय ९ मध्ये अमेरिका, स्पेन, इटाली, फ्रान्स र जर्मनीमा गरी ६१ प्रतिशत अर्थात् १२ लाख २५ हजार ९ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

जसमध्ये अमेरिकामा विश्वका कूल संक्रमितको ३१ प्रतिशत, स्पेनमा ९, इटालीमा ८, जर्मनी र फ्रान्समा ७÷७ प्रतिशत संक्रमित देखिएका छन् ।

त्यस्तै मृत्यु हुनेमा पनि संक्रमित धेरै रहेकै देशमा बढी संख्या रहेको छ । कूल मृत्यु हुने १ लाख २६ हजार ६ सय ३ मध्ये ३ तिहाई ६ वटा मुलुकका रहेका छन् ।

अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स र बेलायतमा विश्वका कूल मृत्यु भएकामध्ये ७६ प्रतिशत रहेका छन् ।

अमेरिकामा कूल मृत्यु भएकामध्ये २१ प्रतिशत अर्थात् २६ हजार ४७, इटालीमा १७ प्रतिशत २१ हजार ६७, स्पेनमा १४ प्रतिशत अर्थात् १८ हजार २ सय ५५, बेलायतमा १० प्रतिशत अर्थात् १२ हजार १ सय ७ जना र जर्मनीमा ३ प्रतिशत अर्थात ३ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ ।

इटालीमा मृत्युदर उच्च

इटाली, स्पेन, फ्रान्स र बेलायतमा मृत्युदर उच्च देखिएको छ । अमेरिकामा भने संक्रमितको संख्या उच्च भएपनि मृत्युदर ४ प्रतिशत मात्र देखिएको छ । इटालीमा १३, स्पेनमा १०, फ्रान्समा ११ र बेलायतमा ८ प्रतिशत मृत्युदर देखिएको छ ।

Facebook Comments