विश्वभर २२ लाख ५० हजार बढीमा कोरोना भाइरसको संक्रमण
कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २२ लाख नाघेको छ ।
पछिल्लो तथ्याकं अनुसार २२ लाख ५१ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा ७ लाख बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरले सार्वजनिक गरेको तथ्याकं अनुसार अमेरिकामा ७ लाख १० हजार २ सय ७२ जनामा यो भाइरसको संक्रमण देखा परेको छ भने ३७ हजार १ सय ७५ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकापछि स्पेनमा १ लाख ९० हजार ८ सय ३९ जनामा संक्रमण देखिएको छ भने २० हजार २ जनाको मृत्यु भएको छ ।
संक्रमणका कारण अमेरिकामा पछि धेरै जनाको मृत्यु इटालीमा भएको छ । इटालीमा २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ भने १ लाख ७२ हजार ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
फ्रान्सका १ लाख ४७ हजार ९ सय ६९ मा संक्रमण देखिएकोमा १८ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ४१ हजार ३ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ ।
बेलायतमा संक्रमितको संख्या १ लाख ८ हजार ६ सय ९२ रहेकामा मृत्यु हुनेको संख्या १४ हजार ५ सय ७६ पुगेको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।
इरानमा ७९ हजार ४ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ४ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ । टर्कीमा ७८ हजार ५ सय ४६ जनामा संक्रमण देखिएको छ भने टर्कीमा १ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ३६ हजार १ सय ३८ जनामा संक्रमण देखिएकोमा ५ हजार १ सय ६३ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ३४ हजार २ सय २१ जनामा संक्रमण भएकोम ा २ हजार १ सय ७१ जनाको मृत्यु भएको छ ।
रसियामा ३२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि मृत्युदर निकै कम देखिएको छ । रसियामा २ सय ७३ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्डस्मा ३० हजार ४ सय ४९ मा संक्रमण देखिएकोमा ३ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा २७ हजार ७८ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ३ सय २७ जनाको मृत्यु भएको छ ।
क्यानाडामा ३१ हजार ९ सय २७ जनामा संक्रमण हुनुका साथै १ हजार ३ सय १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
पोर्चुगलमा १९ हजार २२ जनामा संक्रमण हुँदा ६ सय ५७ जनाको मृत्यु भएको छ ।
अष्ट्रि«यामा १४ हजार ५ सय ९५ जनामा संक्रमण देखिएकोमा ४ सय ३१ जनाको मृत्यु भएको छ ।
भारतमा १४ हजार ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ४ सय ८८ जनाको मृत्यु भएको छ ।
त्यस्तै आयरल्याण्डमा १३ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने ५ सय ३० जनाको मृत्यु भएको छ । परुमा १३ हजार ४ सय ८९ जनामा संक्रमण हुँदा ३ सय जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
स्वीडेनमा १३ हजार २ सय १६ जनामा संक्रमण हुँदा १ हजार ४ सय जनाको मृत्यु भएको छ ।
इजरायलमा १२ हजार ९ सय ८२ जनामा संक्रमण देखिनुका साथै १ सय ५१ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा १० हजार ६ सय ५३ जनामा संक्रमण देखिंदा मृत्यु हुनेको संख्या २ सय ३२ रहेको छ ।
त्यसैगरी जापनमा ९ हजार ७ सय ८७, इक्वेडरमा ८ हजार४ सय ५०, चिलीमा ९ हजार २ सय ५२, पोल्याण्डमा ८ हजार ३ सय ७९, रोमानियामा ८ हजार ६७, पाकिस्तानमा ७ हजार ४ सय ८१, साउदी अरवमा ७ हजार १ सय ४२, डेनमार्कमा ७ हजार ७३, नर्वेमा ६ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै मेक्सिकोमा ६ हजार ८ सय ७५, अष्टे«लियामा ६ हजार ५ सय ६०, चेक रिपब्लिकमा ६ हजार ५ सय ४९, संयुक्त अरव इमिरेट्समा ६ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी इन्डोनेशियामा ५ हजार ९ सय २३, फिलिपिन्समा ५ हजार ८ सय ७८, सर्वियामा ५ हजार ६ सय ९०, मलेसियामा ५ हजार २ सय ५१, सिंगापुरमा ५ हजार ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

