चितवनका २ जना काेराेना भाइरस संक्रमितको सम्पर्कमा आएका सबैको आरडिटी गरिंदै

खैरहनी ३ मा भने किटको अभाबमा

उत्तम पन्डित,खैरहनी चितवन 

पुर्बी चितवनका  दुई जना आमाछोरामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूसँग सम्पर्कमा आएका सबैजनाको आरडीटी गरिदैछ। 

राप्ती नगरपालिकाको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले उनीहरूसँग निकट रहेकाहरूको स्वास्थ्य परीक्षण गर्न लागिएकाे हाे ।

संक्रमितसँग बढी सम्पर्कमा रहेका २२ जनाकाे साेमबार र्यापिड डाइगाेनिष्ट टेष्ट गर्न लागिएकाे हाे ।

भरतपुर अपस्पतालको आइसोलेसन वार्डमा रहेका ६१ वर्षीया महिला र उनका २७ वर्षे छोराको अवस्था भने सामान्य रहेको छ ।

चैत्र ३ गते लन्डनबाट काठमाडौं झरी दुई दिनपछि चितवन आएका उनिहरुको सम्पर्कमा आएका अन्यको पनी आरडिटी गर्ने काम तिब्र पारीएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।  

संक्रिमित परिवारका ८ जना सदस्यको आरडिटी भने यसअघि नै नेगेटिभ देखिएको थियो । शनिबार आरडिटी  गरिएको उनिहरुको पिसिआर भने हेर्न बाँकीनै छ ।  

यसैबिच संक्रमित परिवारको सम्पर्कमा आएका मुख्य ३ परिवारका ११ जनाको पहिलो र आसंका लागेका छिमेकी वडा र नगरपालिका बासि अन्यको आरडिटीको काम तिब्र पारीएको राप्ती नगरपालिकाले जनाएको छ ।

चैत्र ५ गते काठमान्डौबाट घर आएका उनिहरु पूर्व पश्चिम राजमार्गबाट घरसम्म  मोटरसाइकलमा पुगेको र त्यसपछि राप्ती ८ ,९ र खैरहनी ३ का स्थानिय नागरिकसँग सम्पर्कमा आएको बुझिएको छ । अहिलेसम्म ३२८ जनाले आफूहरू संक्रमितसँग सम्पर्कमा रहेको भनी विवरण टिपाएको वडा  कार्यलयले जनाए पनि यो संख्या बढ्न सक्ने आसंका गरिएको छ ।  

संक्रमितको सम्पर्कमा आएका अन्य नागरिकको संख्या धेरै भएपछी स्थानियलाई सजिलो हुने गरी नजिककैको स्कुललाई क्वारेन्टाइन बनाइएको छ ।  

संक्रमितको छिमेकीहरुले भने कोरोनाबारे नचाहिदो हल्ला धेरै भएकोले सामाजिक जीवनमा अप्ठेरो परेको गुनासो गरेका छन ।एक स्थानियले भने “ २ जनालाई कोरोना देखियो तर पुरै गाउँलाई नराम्रो ब्यबहार गरिएको छ यस्तो कुराले बिरामीको मनोबल कम्जोर बनाउने काम गरेको छ  ” ।  

सम्भवित अवस्थालाई ध्यानमा राखी २ वटै नगरपालिकाले थप् तयारी गरेको जनाएको छ । यही बिषयमा जिल्ला स्वास्थ्य कार्यालयसँग परामर्समा रहेको र वडा अध्यक्षलाई घर-घरमा खटाइएको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले जानकारी दिनुभयो । सुबिधा सम्पन्न आइसोलेसनको लागि भरतपुर वा रत्ननगर जानु पर्ने अवस्था भए पनि क्वारेन्टाइनको भने शुबिधा भएको चौधरीले जानकारी दिनु भयो ।  खैरहनीमा अहिले डिज्नी पार्क, सैनिक स्कुल र आर आर एनको भवनमा क्वारेन्टाइन बनाएको छ ।  

 नगरपालिकाको ३ घरका २२ जनाको आरडीटी भने सोमबार गरिने भएको छ । अाइतबार गर्ने भनिएको भए पनि किटको अभावमा सो काम सोमबारलाई सारीएको हो ।

सो वडाका ३ परिवारलाई नै घरमै बस्न भनिएको र आसपासका पसलहरु पनि बन्द गर्न लगाइसकेको अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनु भयो ।

बेलायतबाट आएका संक्रमित परिवारले दिएको चक्लेट खाएको आधारमा आरडिटी गर्न लागिएको भए पनि उक्त ३ परिवारका २२ जनामा कुनै किसिमको स्वाथ्य समस्या छैन ।  

यद्द्पी अहिले नेपालमा कोरोना संक्रमणदेखीए पनि  सो क्षेत्रमा जनचेतनाको काम भने कारीब तीन साता अगाडिबाटै तिब्र पारीएको थियो ।

खैरहनी र राप्ती दुबै  नगरपालिकाका बिभिन्न वडाहरुमा चेतनामुलक काम गरिएको खैरहनी ३ का वडा अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।  माइकिङ गर्ने ,औसधि छर्ने ,साबुन बितरण आदि  काम भएको र सो काममा साथानिय नगरबासीको पनि सहयोग गरेका छन ।

Facebook Comments