राष्ट्रपतिद्वारा २ अध्यादेश जारी

दल विभाजन र संवैधानिक परिषद्को गणपूरक संख्याका सम्बन्धमा  सरकारले सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएकाे छ ।

सोमबार अपरान्ह बसेको मन्‍त्रिपरिषद्‌को बैठकले निर्णय गरेको लगत्तै राष्ट्रपति कार्यलयले दुवै अध्यादेश राष्ट्रपतिबाट जारी भएको जानकारी दिएको हो। 

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठक निर्णयपछि तत्कालै दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

दुवै अध्यादेशका बारेमा सत्तारु दल नेकपाभित्रै तरंग सिर्जना गरेकाे छ । विपक्षी दलहरूले समेत अध्यादेशकाे चर्काे विराेध गरेका छन् ।

बालुवाटारमा निर्णय भएको केही बेरमै शितल निवासबाट दुवै अध्यादेश जारी भएको वक्तव्य जारी हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

उक्त अध्यादेशमा अनुसार पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा  पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । 

संवैधानिक  परिषदसम्बन्धी अध्यादेशमा प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषद बैठक बस्‍न र निर्णय गर्न सकिने व्यवस्था छ ।

Facebook Comments