विकासको काम सुचारु गर्नुपर्ने देखियो :सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले देश लकडाउनमै भएपनि विकासको काम सुचारु गर्नुपर्ने देखिएको बताउनु भएको छ ।

लकडाउनमा पनि कामजारी राखेको पोखराक २२ स्थिति फुस्रेखोला चिसापानी जोड्ने मोटरेबल पूलको अबलोकन गर्दे कोइरालाले सो कुरा बताउनु भएको हो ।

महत्वपुर्ण योजनाहरुमा काम सुचारु गर्न श्रमिकलाई सामाजिक दुरी कायम राख्दै आवश्यक सामाग्री उपलब्ध गराएर जोखिम नहुने गरि काम सञ्चालन गर्न निर्माण कम्पनीलाई अनुमति दिनुपर्ने बताउनु भएको छ ।

अहिले निर्माण जारीरहेको फुस्रे खोलाकै पुलमा लकडाउन भरि काम हुन नसकेको भए अहिले सम्मको लगानी खोलामा आउने बाढीसंगै बालुवामा जाने अबस्था रहेको बताउनु भयो ।

बर्खा लाग्नुभन्दा अगाडि काम सक्न निर्माण कम्पनी श्री गीता सीम्रन जेवीका बलबहादुर रानालाई आग्रह गर्नुभयो ।

कोइरालाले आबश्यक सामान ढुवानीको लागि पहल गर्ने बताउनु भयो । लकडाउनको अबधीमापनि काम जारी राखेको भन्दै निर्माण कम्पनीलाई धन्यबाद दिनु भयो ।

कोइरालाले कतिपय योजनाको काम अन्तिम अन्तिम चरणमा पुगेको तर काम सम्पन्न नभए बर्षाको कारण पुनं जिरोबाट शुरु गर्नुपर्ने लगानी सवैबालुवामा जाने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पनि यस तर्फ सचेत हुन ध्यानआर्कषण गराउनु भएको छ ।

सोही क्षेत्रका प्रदेश सांसद राजीव पहारीले समयमै काम सम्पन्न गर्न आफुहरुको तर्फबाट निर्माण कम्पनीलाई सहयोग गर्न तयार रहेको जनाउनु भयो।

पहारीले सामाग्री ढुवानीको लागि पासको ब्यबस्था हुने भन्दै यस बर्षको बर्खामा पुलबाट मोटर गुड्नुपर्ने बताउनु भयो ।

निर्माण कम्पनीका बेल बहादुर रानाले सटिङको काम सकिएकोले बैशाख २० गते सम्म पुल ढलान गर्ने बताउनु भयो ।

रानाले बाहिरबाट आउने सवै आबश्यक सामाग्री आइसकेको र सिमेन्ट ल्याउने बातावरण बने आफुले असार मसान्त सम्म पुलको निर्माण पुर्णरुपमा सक्ने बताउनु भयो ।

पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुमन गिरीले भ्याट बाहेक ३ करोड ५२ लाखको लागतमा पुल निर्माणको सम्झौता भएको बताउनु भयो ।

३५ मिटर लामो र ९ मिटर चौडाई रहेको पुलमा दुवै साइडमा एक एक मिटरको फुटपाथ रहने गिरीको भनाई छ । सो पुलपनि प्रि स्ट्रेष्ट प्रविधिमा आधारित पुलरहेको बताउनु भयो ।

गुणस्तरमा कुनै सम्झौता नगरी पुल निर्माणको अनुगमनमा लागि रहेको इन्जिनियर गिरीको भनाई छ ।

Facebook Comments