विश्वभर २६ लाख बढीमा कोरोना भाइरसको संक्रमण
कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २६ लाख हजार नाघेको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २६ लाख ३७ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । त्यस्तै १ लाख ८४ हजार २ सय ३५ जनाको यस भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा ८ लाख ४९ हजार ९२ कोरोना भाइरसको संक्रमण देखिएको छ ।
अमेरिकामा मात्रै ४७ हजार ६ सय ८१ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकापछि स्पेनमा २ लाख ८ हजार ३ सय ८९ जनामा संक्रमण देखिएको छ भने २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।
संक्रमणका कारण अमेरिकामा पछि धेरै जनाको मृत्यु इटालीमा भएको छ । इटालीमा २५ हजार ८५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने १ लाख ८७ हजार ३ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
फ्रान्सका १ लाख ५९ हजार ८ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ५० हजार ६ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।
बेलायतमा संक्रमितको संख्या १ लाख ३३ हजार ४ सय ९५ रहेकामा मृत्यु हुनेको संख्या १८ हजार १ सय पुगेको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।
टर्कीमा ९८ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ ।
इरानमा ८५ हजार ९ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ५ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ४१ हजार ८ सय ८९ जनामा संक्रमण देखिएकोमा ६ हजार २ सय ६२ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४६ हजार १ सय ८२ जनामा संक्रमण भएकोमा २ हजार ९ सय २४ जनाको मृत्यु भएको छ ।
रसियामा ५७ हजार ९ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि मृत्युदर भने निकै कम देखिएको छ । रसियामा अहिलेसम्म ५ सय १३ जनाको मृत्यु भएको छ ।
क्यानाडामा ४० हजार १ सय ९० जनामा संक्रमण हुनुका साथै १ हजार ९ सय ७४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्डस्मा ३४ हजार ८ सय ४२ मा संक्रमण देखिएकोमा ४ हजार ५४ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा २८ हजार २ सय ६८ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ५ सय ९ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा २१ हजार ९ सय ८२ जनामा संक्रमण हुँदा ७ सय ८५ जनाको मृत्यु भएको छ ।
पेरुमा १९ हजार २ सय ५० जनामा संक्रमण हुँदा ५ सय ३० जनाको मृत्यु भएको छ ।
आयरल्याण्डमा १६ हजार ६ स य ७१ जनामा संक्रमण हुँदा ७ सय ६९ जनाको मृत्यु भएको छ । स्वीडेनमा १६ हजार ४ जना संक्रमित हुँदा १ हजार ९ सय ३७ जनाको मृत्यु भएको छ ।
इजरायलमा १४ हजार ४ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण हुँदा १ सय ८९ जनाको मृत्यु भएको छ ।
भारतमा २१ हजार ३ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ सय ८१ जनाको मृत्यु भएको छ ।
अष्ट्रियामा १४ हजार ९ सय २५ जनामा संक्रमण देखिएकोमा ५ सय १० जनाको मृत्यु भएको छ ।
सउदी रवमा १२ हजार ७ सय ७१, जापनामा ११ हजार ९ सय ५०, चिलीमा ११ हजार २ सय ९६, इक्वेडरमा १० हजार ८ सय ५०, दक्षिण कोरियामा १० हजार ७ सय २ जना, मेक्सिकोमा १० हजार ५ सय ४४, पोल्याण्डमा १० हजार १ सय ६९, सिंगापुरमा १० हजार १ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पाकिस्तानमा पनि १० हजार ७६ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

