दुवै अध्यादेश फिर्ता लिने सरकारकाे निर्णय

चाैतर्फी दबाव भएपछि सरकारले गत सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेकाे मन्त्रीपरिषद् बैठकमा दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धि अध्यादेश फिर्ता गर्ने निर्णय गरिएकाे हाे ।

अध्यादेश लागू भइसकेकाे हुनाले सरकारले निर्णय गरेर राष्ट्रपतिसमक्ष फिर्ता लिन सिफारिश गर्नुपर्ने हुन्छ ।

अध्यादेशको चौतर्फी विरोध भएपछि बिहीबार पार्टी नेताहरुसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निष्कर्ष सुनाउनुभएकाे थियाे ।

Facebook Comments