विश्वभर २९ लाख बढीमा कोरोना भाइरसको संक्रमण

अमेरिकामा मात्रै १ झण्डै एक तिहाई संक्रमित

कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २९ लाख नाघेको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २९ लाख २१ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण २ लाख ३ हजार २ सय ८९ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमितमध्ये झण्डौ एक तिहाई संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा ९ लाख ६० हजार ८ सय ९६ कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो विश्वभरका संक्रमित मध्ये झण्डै एक तिहाई अर्थात ३२.८९ प्रतिशत हो । यस भाइरसका कारण मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी देखिएको छ । कूल २ लाख ३ हजार २ सय ८९ को एक चौथाई बढी अर्थात् ५४ हजार २ सय ६५ जनाको अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

अमेरिकापछि स्पेनमा २ लाख २३ हजार ७ सय ५९ जनामा संक्रमण देखिएको छ भने २२ हजार ९ सय २ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

संक्रमणका कारण अमेरिकामा पछि इटालीमा धेरै संख्यामा मृत्यु भएको छ । इटालीमा २६ हजार ३ सय ८४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने १ लाख ९५ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

फ्रान्सका १ लाख ६१ हजार ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २२ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ५६ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ ।

बेलायतमा संक्रमितको संख्या १ लाख ४८ हजार ३ सय ७७ रहेकामा मृत्यु हुनेको संख्या २० हजार ३ सय १९ पुगेको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ७ हजार ७ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २ हजार ७ सय ६ जनाको मृत्यु भएको छ ।

इरानमा ८९ हजार ३ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ५ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ४५ हजार ३ सय २५ जनामा संक्रमण देखिएकोमा ६ हजार ९ सय १७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ५९ हजार ३ सय २४ जनामा संक्रमण भएकोमा ४ हजार ५७ जनाको मृत्यु भएको छ ।

रसियामा ७४ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि मृत्युदर भने निकै कम देखिएको छ । रसियामा अहिलेसम्म ६ सय ८१ जनाको मृत्यु भएको छ ।

क्यानाडामा ४५ हजार ३ सय ५४ जनामा संक्रमण हुनुका साथै २ हजार ४ सय ६५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्डस्मा ३७ हजार १ सय ९० मा संक्रमण देखिएकोमा ४ हजार ४ सय ९ जनाको मृत्यु भएको छ ।

स्वीजरल्याण्डमा २८ हजार ८ सय ९४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ ।

भारतमा २६ हजार २ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने ८ सय २५ जनाको मृत्यु भएको छ ।

पोर्चुगलमा २३ हजार ३ सय ९२ जनामा संक्रमण हुँदा ८ सय ८० जनाको मृत्यु भएको छ ।

पेरुमा २५ हजार ३ सय ३१ जनामा संक्रमण हुँदा ७ सय जनाको मृत्यु भएको छ ।

आयरल्याण्डमा १८ हजार ५ सय ६१ जनामा संक्रमण हुँदा १ हजार ६३ जनाको मृत्यु भएको छ । स्वीडेनमा १८ हजार १ सय ७७ जना संक्रमित हुँदा २ हजार १ सय ९२ जनाको मृत्यु भएको छ ।

इजरायलमा १५ हजार २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण हुँदा १ सय ९९ जनाको मृत्यु भएको छ । अष्ट्रियामा १५ हजार १ सय ४८ जनामा संक्रमण देखिएकोमा ५ सय ३६ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा १६ हजार २ सय ९९, जापनामा १३ हजार २ सय ३१, चिलीमा १२ हजार ८ सय ५८, इक्वेडरमा २२ हजार ७ सय १९, सिंगापुरमा १२ हजार ६ सय ९३, पाकिस्तानमा १२ हजार ७ सय २३, पोल्याण्डमा ११ हजार २ सय ७३, दक्षिण कोरियामा १० हजार ७ सय २८ जना, रोमानियामा १० हजार ६ सय ३५, मेक्सिकोमा १३ हजार ८ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हालसम्म कोरोना भाइरसका कारण स्वीडेनमा २ हजार १ सय ९२, आयरल्याण्डमा १ हजार ६३, इक्वेडरमा ५ सय ७६ जनाको मृत्यु भएको छ ।

पोल्याण्डमा ५ सय २४, पाकिस्तानमा २ सय ६९, चिलीमा १ सय ८१, जापनमा ३ सय ६०, मेक्सिकोमा १ हजार ३ सय ५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । इजरायलमा १ सय ९९, साउदी अरवमा १ सय ३६ जनाको मृत्यु भएको छ ।

त्यस्तै रोमानियामा ६ सय १, पोल्याण्डमा ५ सय २४, दक्षिण कोरियामा २ सय ४२, इन्डोनेशियामा ७ सय २०, डेनमार्कमा ४ सय १८, युक्रेनमा २ सय १, फिलिपिन्समा ४ सय ९४, डेमिनिकल रिपब्लिकमा २ सय ७३, कोलम्बियामा २ सय ३३, इजिप्टमा ३ सय ७, अल्जेरियामा ४ सय १९, हंगेरीमा २ सय ६२, नर्वेमा २ सय १, चेक रिपब्लिकमा २ सय १८ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

Facebook Comments