विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३१ लाख नाघ्यो
कोरोना भाइरस(कोभिड १९)को विश्वभर ३१ लाख ३८ हजार १ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार यो समाचार तयार पार्दासम्म कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण २ लाख १७ हजार ९ सय ७० जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमितमध्ये झण्डंै एक तिहाई संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा १० लाख ३५ हजार ७ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो विश्वभरका संक्रमित मध्ये झण्डै एक तिहाई हो ।
यस भाइरसका कारण मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी देखिएको छ । कोरोना भाइरसका कारण मृत्यु भएका कूल २ लाख १७ हजार ९ सय ७० को एक चौथाई बढी अर्थात् ५९ हजार २ सय ६६ जनाको अमेरिकामा मृत्यु भएको छ ।
अमेरिकापछि स्पेनमा २ लाख ३२ हजार १ सय २८ जनामा संक्रमण देखिएको छ भने २३ हजार ८ सय २२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि इटालीमा धेरै संख्यामा मृत्यु भएको छ । इटालीमा २७ हजार ३ सय ५९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख १ हजार ५ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
फ्रान्समा १ लाख ६५ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ५९ हजार ९ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ३ सय १४ जनाको मृत्यु भएको छ ।
बेलायतमा संक्रमितको संख्या १ लाख ६१ हजार १ सय ४५ रहेकामा मृत्यु हुनेको संख्या २१ हजार ६ सय ७८ पुगेको छ ।
टर्कीमा १ लाख १४ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ ।
रसियामा ९३ हजार ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ८ सय ६७ जनाको मृत्यु भएको छ ।
इरानमा ९२ हजार ५ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ५ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ७३ हजार २ सय ३५ जनामा संक्रमण भएकोमा ५ हजार ८३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ५० हजार २६ जना संक्रमित हुँदा २ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ । पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

