लकडाउन जेठ ५ गतेसम्म कायम रहने

नेपाल सरकार मन्त्रीपरिषद् बैठक सम्पन्न भएकाे छ । बैठकले जेठकाे ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेकाे छ ।

यसअघि काेराेना राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिकाे मंगलबार बसेकाे बैठकले लकडाउन बढाउन सुझाव दिएकाे थियाे ।

चैत्र ११ गतेबाट शुरू भएकाे लकडाउन थपिएकाे याे पाँचाैपटक हाे ।

पछिल्लाेपटक थपिएकाे लकडाउनकाे अवधि बैशाख २५(विहीबार)सम्मका लागि ताेकिएकाे थियाे ।

Facebook Comments