नेपालमा थप १७ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ९९ पुग्याे

नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमण देखा परेकाे छ ।

पर्सा जिल्लाका वीरगञ्जका संक्रमितमध्ये १ जना दुई महिने शिशु समेत रहेकाे स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएकाे छ ।

शिशु संक्रमित पुरूषकै रहेकाे बताइएकाे छ । संक्रमितहरु सबै वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् भने सबै जना एकै परिवारका रहेकाे बताइएकाे छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

Facebook Comments