काेराेना संक्रमितकाे संख्या सय नाघ्याे

नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितकाे संख्या १ सय १ पुगेको छ ।

कपिलवस्तुमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसैवीच बिराटनगरबाट ८ जना संक्रमितहरू काेराेनाकाे पछिल्लाे परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

Facebook Comments