विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख नाघ्यो
विश्वभर ३९ लाख बढीमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमण ३९ लाख १६ हजार ३ सय ३८ जनामा देखिएको छ भने २ लाख ७० हजार ७ सय ११ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस संक्रमित मध्ये झण्डै एक तिहाईले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार १३ लाख ४३ हजार ५४ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसको संक्रमित धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १२ लाख ९२ हजार ६ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा मात्रै ७६ हजार ९ सय २८ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।
अमेरिकापछि स्पेनमा २ लाख ५६ हजार ८ सय ५५ जनामा संक्रमण देखिएको छ भने २६ हजार ७० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि इटालीमा धेरै संख्यामा मृत्यु भएको छ ।
इटालीमा २९ हजार ९ सय ५८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख १५ हजार ८ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बेलायतमा २ लाख ६ हजार ७ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३० हजार ६ सय १५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ७४ हजार ७ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २५ हजार ९ सय ८७ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ६९ हजार ४ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ७ हजार ३ सय ९२ जनाको मृत्यु भएको छ ।
रसियामा १ लाख ७७ हजार १ सय ६० जनामा संक्रमण देखिएकोमा १ हजार ६ सय २५ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ६९ हजार ७ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ३ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा १ लाख ३५ हजार ७ सय ७३ जनामा संक्रमण देखिएको मा ९ हजार १ सय ९० जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख ३ हजार १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ६ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ६४ हजार ९ सय २२ जना संक्रमित हुँदा ४ हजार ४ सय ८ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ४९ हजार ९ सय ६ जनामा संक्रमण भएकोमा ७ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ ।
त्यस्तै पेरुमा ५८ हजार ५ सय २६ जनामा संक्रमण भएको छ भने १ हजार ६ सय २७ जनाको मृत्यु भएको छ ।
भारतमा ५६ हजार ३ सय ५१ जनामा संक्रमण भएको छ भने १ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ।
त्यस्तै बेल्जियममा ५१ हजार ४ सय २० जनामा संक्रमण देखिएकोमा ८ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । बेल्जियमको मृत्युदर उच्च पाइएको छ ।
त्यसै गरी नेदरल्याण्ड्समा ४१ हजार ७ सय ७४ जनामा संक्रमण भएको मा ५ हजार २ सय ८८ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा ३३ हजार ७ सय ३१ जना संक्रमित भेटिएकोमा २ सय १९ जनाको मृत्यु भएको छ ।
इक्वेडरमा ३० हजार २ सय ९८ जना संक्रमित भेटिएकोमा १ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ । त्यसैगरी स्वीजरल्याण्डमा ३० हजार १ सय २६ जना संक्रमित भेटिएकोमा १ हजार ८ सय १० जनाको मृत्यु भएको छ ।
मेक्सिको, पोर्चुगलमा २५ हजार बढी संक्रमित भेटिएका छन् भने पाकिस्तान, स्वीडेन र चिलीमा २४ हजार बढी संक्रमित पुगेका छन् ।
आयरल्याण्ड, सिंगापुर, बेलारुसमा संक्रमितको संख्या २० हजार नाघेको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

