सार्क मुलुकमा कोरोना भाइरसका कारण १ लाख बढी संक्रमित

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण दक्षिण एशियाली मुलुकहरु समेत प्रभावित बनेका छन् ।

सार्क मुलुकमा मात्र १ लाख ५ हजार ८ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ हजार ९ सय ३१ जनाको मृत्यु भएको छ ।

सार्क मुलुकहरुमध्ये भारतमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । भारतमा ५९ हजार ७ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भारतपछि पाकिस्तानमा २७ हजार ४ सय ७४ जनामा संक्रमण देखिएकोमा ६ सय १८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी बंगलादेशमा १३ हजार १ सय ३४ जनामा संक्रमण देखिएकोमा २ सय ६ जनाको मृत्यु भएको छ ।

अफगानस्थानमा ३ हजार ७ सय ७८ जना संक्रमित मध्ये १ सय ९ जनाको मृत्यु भएको छ । श्रीलंकामा ८ सय ३५ संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ ।

माल्दिभ्समा ७ सय ४४ जना संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ । नेपालमा १०९ र भुटानमा ७ जना संक्रमित फेला परेका छन् ।

सार्क मुलुकहरुमा लकडाउन गरिएको छ । आन्तरिक तथा बाह्य हवाई उडान समेत बन्द गरिएको छ । पाकिस्तानले भने संक्रमितको संख्या बढिरहे पनि लकडाउन खुकुलो बनाउँदै लैजाने बताएको छ ।

Facebook Comments