एकै दिन २४ जनामा काेराेना संक्रमण

नेपालमा एकै दिन २४ जनामा संक्रमणा देखिएकाे छ ।

कपिलबस्तुमा ६, रूपन्देहीमा ६ र बर्दियाका १ जनामा कोरोना संक्रमण देखिएको छ।

१७ जना कपिलवस्तु, ६ जना रुपन्देही, १ जना सप्तरी र बर्दियामा १ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

संक्रमितहरू कपिलवस्तुको यशोधरा -८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५,१९, २३, ३०,३२ र ३८ वर्षीय पुरूष रहेका छन्।

त्यस्तै, रुपन्देही सम्मरीमाई गाउँपालिका-७ र लुम्बिनी साँस्कृतिक नगरपालिका -६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने बर्दिया राजापुर-५ की ११ वर्षीय बालिका समेत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

उनीहरूको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हाे । संक्रमण देखा परेका सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ।

योसँगै नेपालमा संक्रमित संख्या १ सय ३४ पुगेको छ। जसमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने तीनमा पुन:संक्रमण देखिएर अस्पतालमा उपचार भइरहेको छ।

नेपालमा एकैदिन धेरै जना (३४)मा संक्रमण देखापरेकाे पहिलाे पटक हाे ।

Facebook Comments