नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय १७ पुग्याे
नेपालमा २ सय १७ जनामा काेराेना भाइरस(काेभिड १९) काे संक्रमण देखिएकाे छ ।
मंगलबार काठमाडौं, भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका हुन् ।
यसअघि मंगलबार विहान मात्रै ५७ जना कोरोना संक्रमित फेला परेका थिए ।
मंगलबार फेला परेका संक्रमित काठमाडौंकी ३३ वर्षीया महिला, भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष, सर्लाहीमा ४५ वर्षीय पुरुष रहेका छन् ।
धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीमा १६ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
त्यसै गरी पर्सामा २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिलाहरु र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९ , ५५, ६१, ६१ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
Facebook Comments

