थप ९ जनामा काेराेना भाइरसकाे संक्रमण, संक्रमितकाे संख्या २ सय ५८ पुग्याे

थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। याेसँगै नेपालमा संक्रमितकाे संख्या २ सय ५८ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार बाँकेका ८ र मकवानपुरका १ गरी ९ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

बाँकेका ८ संक्रमितहरू त्यहाँको नरैनापुर वडा नम्बर १, ३ र ५ का वासिन्दा हुन्। संक्रमितहरूको उमेर १८ देखि ३६ वर्षसम्म रहेको छ।

मन्त्रालयका अनुसार नेपालमा फेला परेका संक्रमित सबैकाे सामान्य अवस्थामा उपचार भइरहेकाे छ । उपचार गराइ ३५ जना भने घर फर्किसकेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो।

याेसँगै

Facebook Comments