सर्लाहीका १५ सहित थप ३० जनामा काेराेना संक्रमण

नेपालमा शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ फेला परेबा संक्रमित मध्ये सर्लाहीका १५, कपिलबस्तुमा ९ जना रहेका छन् ।

त्यस्तै चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे ३० जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । सर्लाहीमा १४ जना २२ देखि ३९ बर्षका पुरूष र १८ वर्षकी एक महिलामा कोरोना संक्रमण भएको छ । कपिलबस्तुमा भने ८ वर्षीय बालिका सहित २४ देखि ५३ बर्षका ८ जना पुरूषमा संक्रमण भेटिएकाे हाे । उनीहरू

कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका बासिन्दा हुन् ।

नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

चितवनको भरतपुर महानरगपालिका–६ केशरबागका ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म काेराेना भाइरसकाे संक्रमणबाट ३ जनाकाे मृत्यु भएकाे छ भने ४९ जना निकाे भएर घर फर्केका छन् ।

Facebook Comments