गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टी

गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टी भएको हो ।

संक्रमितमध्ये नवलपरासी(पूर्व)का १२ जना, म्याग्दीका ४ र बाग्लुङका ८ जना रहेका छन् । थपिएका संक्रमित सबै पुरुष हुन् भने गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ४४ पुगेको छ ।

पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

नेपालमा पनि पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतमा कामका लागि गएकाहरु स्वदेश फर्केका छन् । प्रायः भारतबाट फर्केकाहरुमा संक्रमण देखिएको हो ।

Facebook Comments