नेपालमा ७ हजार ८ सय ४८ जनामा काेराेना संक्रमण
नेपालमा ७ हजार ८ सय ४८ जनामा काेराेना संक्रमण भएकाे छ ।
पछिल्लो २४ घन्टामा देशभरमा ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कूल संक्रमितकाे संख्या ७ हजार ८ सय ४८ पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित मध्ये २२ जनाकाे मृत्यु भएकाे जानकारी दिनुभयाे ।
पछिल्लाे थप भएका संक्रमितमा महिला ८० जना र पुरुष ५ सय ९१ जना रहेकाे मन्त्रालयले जनाएकाे छ । हालसम्म संक्रमित भएकामा महिला ६ सय १९ र पुरुष ७२२९ रहेकाे गाैतमले जानकारी दिनुभयाे ।
हालसम्म १ हजार १ सय ८६ जना काेराेना संक्रमणबाट निकाे भइ घर फर्केका छन् ।
Facebook Comments

