विश्वभर कोरोना भाइरसबाट ९२ लाख बढी संक्रमित
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ९२ लाख २९ हजार ५ सय ४ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
हालसम्म ४ लाख ७५ हजार १ सय ५८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म ४९ लाख ७१ हजार १ सय ८४ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
अमेरिकामा सबैभन्दा बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा २३ लाख ९० हजार २ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा १ लाख २२ हजार ६ सय ८१ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा ११ लाख १३ हजार ६ सय ६ संक्रमित भेटिएका छन् भने ५१ हजार ४ सय ७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
रसियामा ५ लाख ९९ हजार ७ सय ५ जना संक्रमितमध्ये ८ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ ।
भारतमा ४ लाख ४१ हजार ९ सय ४८ संक्रमितमध्ये १४ हजार ३० जनाको मृत्यु भएको छ ।
बेलायतमा ४२ हजार ६ सय ४७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३ लाख ५ हजार २ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा २ लाख ९३ हजार ५ सय ८४ जना संक्रमित भेटिएका छन् भने २८ हजार ३ सय २४ जनाको मृत्यु भएको छ ।
पेरुमा २ लाख ५७ हजार ४ सय ४७ जना संक्रमितमध्ये ८ हजार २ सय २३ जनाको मृत्यु भएको छ ।
चिलीमा २ लाख ४६ हजार ९ सय ६३ संक्रमितमध्ये ४ हजार ५ सय २ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३८ हजार ७ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ ।
इरानमा २ लाख ९ हजार ९ सय ७० जना संक्रमितमध्ये ९ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ९२ हजार ४ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ९ सय ७७ सय जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ८८ हजार ८ सय ९७ जना संक्रमितमध्ये ४ हजार ९ सय ७४ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा १ लाख ८५ हजार १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २२ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा १ लाख ८५ हजार ३४ जना संक्रमितमध्ये ३ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा १ लाख ६४ हजार १ सय ४४ संक्रमितमध्ये १ हजार ३ सय ४६जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ६० हजार ७ सय ५० जना संक्रमितमध्ये २९ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।
बंगलादेशमा १ लाख १९ हजार १ सय ९८, क्यानडामा १ लाख १ हजार ६ सय ३७, दक्षिण अफ्रिकामा १ लाख १ हजार ५ सय ९० जना संक्रमित फेला परको छन् ।
अहिलेसम्म मृत्यु हुनेमा अधिकांश बढी उमेर भएका र दीर्घ रोग भएका हरु रहेका छन् ।
पछिल्लो समय भारत र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

