निर्वाचन पूर्वाधार कार्यक्रमलाई उत्पादन र रोजगारीसंग जौडौ :सांसद कोइराला

कास्की क्षेत्रनं १(१)का सांसद दीपक कोइरालाले विनियोजन विधेयक, २०७७ माथी छलफलमा बोल्दै निर्वाचन पूर्वाधार कार्यक्रमलाई उत्पादन र रोजगारी संग जोडनुपर्ने बताउनु भएको छ ।

सांसद कोइरालाले नीजिक्षेत्रसंग पनि सहकार्य गर्न सकिने गरि कार्यविधि बनाएर अगाडि बढ्न सुझाब दिनुभएको हो ।

बजेट बारे बोल्दै कोइरालाले हामी पेपर वर्क देखि पेपर वर्क सम्म, नो फिल्ड वर्क ,उदघाटन देखि शिलन्यास सम्म नो टेवल वर्क हुने हो भने अहिलेको बजेटपनि कार्यान्वयन नहुने बताउनुभयो ।

बजेट परम्पराबादी भएको भन्दै उहाँले गाडी पूजा गर्न प्रदेश सरकारले पाँच लाख छुट्टाएको भन्दै आस्था राख्नेहरुले सय पचास गोजीबाट समेत हालेर पूजा गर्न सकिनेमा पनि बजेट नै छुट्टाउनु राम्रो नभएको बताउनुभयो ।

Facebook Comments