गण्डकीमा आज थपिए ६ महिला सहित ३२ संक्रमित , संक्रमितको संख्या ८३८ पुग्यो ।

गण्डकी प्रदेशमा आज विहानै ३२ जना संक्रमित थपिएका छन् । उनिहरु संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।स्याङ्जाको अर्जुनचौपारीमा १९ जना र वालिङ, पुतलीबजार र बिरुवामा गरी १ –१ गरि २२ जनामा देखापरेको हो ।

बागलुङको काठेखोला र ढोरपाटनमा गरी ८ जना र नवलपुरको हुप्सेकोटमा २ जनामा आज बिहान संक्रमण पुष्टि भएको हो।स्याङ्जाको अर्जुनचौपारीमा १२ महिनाका बालकसहित १३ पुरुष र ६ महिला, पुतलीबजारका १ पुरुष, बिरुवाका १ पुरुष र वालिङका १ पुरुषमा कोरोना देखिएको छ ।यसैगरी नवलपुरको हुप्सेकोट गाउँपालिकाका २ पुरुषमा कोरोना पुष्टि भएको छ ।

Facebook Comments