संसदकाे बजेट अधिवेशन अन्त्य
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषदबाट सिफारिस भएको संसद अधिवेशन अन्त्यकाे जानकारी संसद सचिवालयमा पठाएकाे छ ।
राष्ट्रपति कार्यालयबाट मन्त्रीपरिषद्काे सिफारिस भएकाे डेढ घण्टामै संसद सचिवालयमा बजेट अधिवेशन अन्त्यकाे सूचना पठाइएकाे हाे ।
विहीबार १२.३० मा बसेकाे मन्त्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले नै साँझ ५ बजेबाट अधिवेशन अन्त्यकाे घाेषणा गर्नुभएकाे हाे ।
यसलाइ कतिपयले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रकाे अन्तरकलहकाे परिणामका रूपमा समेत हेरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मार्फत् पुनः दल फुटाउने कानुन ल्याउने तयारी गरिरहेको आरोप नेकपाकै नेताहरूले लगाएका छन् ।

Facebook Comments

