काेराेना संक्रमितकाे संख्या १५ हजार नाघ्याे
नेपालमा काेराेना भाइरस(काेभिड १९) बाट संक्रमित हुनेकाे संख्या १५ हजार नाघेकाे छ ।
पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा थप ७ सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएसँगै कूल संक्रमितकाे संख्या १५ हजार २ सय ५९ पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले कुल संक्रमितकाे संख्या १५ हजार दुई सय ५९ पुगेकाे जानकारी दिनुभयाे।
हालसम्म काेराेना भाइरसकाे संक्रमणबाट निकाे हुनेको संख्या ६ हजार एक सय ४३ पुगेको र मृत्यु हुनेकाे संख्या ३२ पुगेकाे छ ।
प्रदेश अनुसार संक्रमितकाे विवरण
प्रदेश संक्रमितकाे संख्या निकाे हुने संख्या
प्रदेश १ ६७४ ४००
प्रदेश २ १९९५ १८६७
बाग्मती प्रदेश ५०७ १८५
गण्डकी प्रदेश १११८ २१४
प्रदेश ५ २८९१ १७२५
कर्णाली प्रदेश १५३९ १०७२
सुदुरपश्चिम प्रदेश ३५३५ ६८९

