नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो
नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या १७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १७ हजार ६१ जनामामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमण फेला परेको हो ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ भने १० हजार ३ सय २८ जना निको भइ घर फर्केका छन् ।
कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ ।
चीनको वुहानमा ६ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।
पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।
Facebook Comments

