स्याङ्जामा पहिरोमा परी पुर्व गाविस अध्यक्ष सहित ३ जनाको मृत्यु ,१ वेपत्ता ,२ जना घाइते


स्याङ्जामा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । पहिरोमा परेर १ जना वेपत्ता भएका छन् । भने २ जना घाइते भएका छन् । मंगलबार बिहान कालीगण्डकी गाउँपालिका वडानं ४ खहरेमा पहिरोमा पुरिएका ३ जनाको शव फेला परेको छ ।
पहिरोमा परेर स्थानीय ६५ वर्षीय साविक विर्घा गाविसका पूर्व अध्यक्ष इमानसिंह राना, ६० वर्षीय जीमानसिंह थापा र ५० वर्षीय टिका बहादुर थापाको मृत्युु भएको हो ।

पहिरोमा पुरिएका रानाको बिर्घा स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको तथा अन्य दुई उद्दारको क्रममा मृत फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।बाटोमा हिँडिरहेको अवस्थामा माथिबाट गएको पहिरोले ६ जनालाई पुरेकोमा प्रेमचन्द्र पाण्डे अझै बेपत्ता रहेको उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।स्थानीय हुमनाथ पाण्डे र बिर बहादुर रानालाइ घाइते अवस्थामा उद्धार गरी उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ

Facebook Comments