पोखरामा काेराेना संक्रमित डाक्टरका परिवारका थप २ जनामा संक्रमण
पोखरामा केही दिन पहिला काेराेना संक्रमण देखिएका डाक्टरकाे परिवारका २ सदस्यलाइ समेत संक्रमण भएकाे पाइएकाे छ ।
हालसम्म पाेखरामा १ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ भने ९० निको भएर घर फर्किसकेका छन् ।
कास्की जिल्लामा अहिले सम्म १ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पोखरामै पर्साबाट आएर कार्पेन्टरको काम गर्ने एक पुरुषमा कोरोना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ ।
संक्रमितहरूलाइ अस्पतालमा लगिएकाे र उनीहरूकाे सम्पर्कमा रहेकाहरूलाइ हाेम क्वारेन्टाइनमा राखिएकाे छ ।
Facebook Comments

