काेराेना संक्रमितकाे संख्या २९ हजार ६ सय ४५ पुग्याे
नेपालमा काेराेना संक्रमितकाे २९ हजार ६ सय ४५ पुगेकाे छ ।
बिहीबार मात्र देशका विभिन्न ठाउँमा थप ७ सय ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।
विहीबार २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् भने हालसम्म निको हुनेको कूल संख्या १७ हजार ९ सय ६४ पुगेको छ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ। विहीबारमात्रै ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ।
नेपालमा हालसम्म मृतक १ सय २६ जनामा कोरोना पुष्टि भएको छ। विहीबारमात्रै ६ जनाकाे काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु भएकाे छ ।
यद्यपि काेराेना संक्रमितहरूमध्ये अधिकांशमा यसअघि नै कुनै न कुनै दीर्घ राेग समेत रहेकाे पाइने गरेकाे छ ।
Facebook Comments

