चितवनमा थप ३५ जनामा काेराेना भाइरसकाे संक्रमण, १ काे मृत्यु
चितवनमा आज (आइतबार) थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा २१ जना पुरूष र १४ जना महिला रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
ती सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब संकलन गरिएको थियो ।
यसैवीच भरतपुर ११ का एक पुरूषकाे काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु भएकाे छ ।
Facebook Comments

