थप १ हजार १ सय ७२ जनामा काेराेना संक्रमण पुष्टी
पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ४२६ महिला र ७४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
बुधबार थपिएका संक्रमितसमेत कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । उनीहरुमध्ये ४३६ जनाको मृत्यु भएको छ भने ४९ हजार ९५४ जना संक्रमणमुक्त भएकाे मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
पछिल्लो २४ घण्टामा मात्र १ हजार ८ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ सय ३७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४ सय ९२, भक्तपुरका ९५ र ललितपुरका ५० जना छन् ।
गण्डकी प्रदेशकाे नवलपुरमा १०, तनहुँमा ६ जना, गोरखा, लमजुङ, स्याङ्जाका ५/५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments

