थप २ हजार ८ सय ५६ मा काेराेना संक्रमण
नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार याेसँगै कूल संक्रमितकाे संख्या १ लाख ५८ हजार ८९ पुगेकाे छ ।
त्यस्तै सक्रिय संक्रमितको संख्या हालसम्म ४५ हजार ५ सय ७२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।
हालसम्म पीसीआर विधिबाट १३ लाख ९३ हजार १ सय ७३ जनाकाे परीक्षण गरिएकाे छ । चाडपर्वमा हुने जमघटले संक्रमण फैलन सक्ने जाेखिम बढेकाे छ ।
Facebook Comments

