गण्डकीमा थप ८ सय ५९ मा काेराेना संक्रमण
गण्डकी प्रदेशमा थप ८ सय ५९ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकीका प्रदेशका विभिन्न जिल्लामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ८ सय ५९ जनमा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये ४ सय ४ जना महिला र ४ सय ५५ जना पुरुष रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २९०४१ पुगेको छ ।
पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै कास्कीमा ४०८, नवलपरासी पूर्व १४२, म्याग्दीमा ८४, लमजुङ ७९, बागलुङ ६२, पर्वत २१, स्याङजा ३५, तनहुँ २३ र मनाङमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशका मुस्ताङ र गोरखा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण देखिएका छैनन् ।
Facebook Comments

