थप ७ हजार ९ सय १४ जनामा काेराेना संक्रमण
पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ ।
देशभरका प्रयोगशालामा १८ हजार ९ सय ६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितमध्ये २ हजार ८ सय २१ काठमाडौं उपत्यकाका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएकाे पनि मन्त्रालयले जानकारी दिएकाे छ ।
Facebook Comments

